तनहुँका राजभण्डारीलाई दोस्रो पटक अष्ट्रेलियामा वरिष्ठ स्वयंसेवक पुरस्कार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका राजभण्डारीलाई दोस्रो पटक अष्ट्रेलियामा वरिष्ठ स्वयंसेवक पुरस्कार

    खबरपुञ्ज संवाददाता

    २९ कार्तिक २०८०, बिहीबार

    दमाैली । तनहुँको दमौली निवासी शंकरलाल राजभण्डारीले अष्ट्रेलियामा वरिष्ठ स्वयंसेवक अवार्ड प्राप्त गरेका छन् । अष्ट्रेलियाका वरिष्ठ बहुसांस्कृतिक मन्त्री मार्क क्युरले राजभण्डारीलाई उक्त पुरस्कार प्रदान गरेका हुन् ।

    राजभण्डारीले दोस्रो पटक उक्त पुरस्कार प्राप्त गरेका हुन् । गत वर्ष पनि राजभण्डारीले उक्त पुरस्कार पाएका थिए । त्यसक्रममा राजभण्डारी नेपालमा रहेका कारण उक्त पुरस्कार नातिनीले ग्रहण गरेकी थिइन् ।

    नेपाली समुदायको प्रतिनिधित्व गर्ने नेपालीहरूबीच समुदायमा उत्कृष्ट काम गरेबापत उनलाई वरिष्ठ स्वयंसेवक पुरस्कार प्रदान गरिएको हो । उक्त पुरस्कार क्युरले बिहीबार आयोजित विशेष समारोहमा राजभण्डारीलाई प्रदान गरेका छन् । पुरस्कार ग्रहण गर्दै राजभण्डारीले यसले आफूलाई हौसला मिलेको उल्लेख गरे ।

    वरिष्ठ स्वयंसेवक उपलब्धि पुरस्कार ६५ वर्ष वा सोभन्दा माथिका व्यक्ति जसले स्थानीय समुदायमा महत्वपूर्ण योगदान पु¥याएका छन् त्यस्ता व्यक्तिलाई प्रदान गर्ने गरिएको ।

    कार्यक्रममा क्युरले राजभण्डारीलाई पुरस्कृत गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, “धेरै सोचविचार पछि यस प्रतिष्ठित पुरस्कार तपाईलाई दिन पाउँदा मलाई ठूलो सौभाग्य मिलेको छ ।”

    व्यास-३ निवासी राजभण्डारी तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन् ।