दमौली । नेपाली कांग्रेस तनहुँमा रिक्त रहेको महासमिति सदस्य चयनका लागि कार्यतालिका सार्वजनिक भएको छ। निर्वाचन समितिले मंसिर ३ गतेका लागि कार्यतालिका सार्वजनिक गरेको हो ।
तालिका अनुसार मंसिर ३ गते मनोनयन दाखिलाको कार्यक्रम रहेको छ । बिहान ११ बजेदेखि ३ बजेसम्म मनोनयन दाखिला गर्न सकिने निर्वाचन संयोजक फणिन्द्र कोइरालाले जानकारी दिए ।
तनहुँ क्षेत्र नम्बर १ महाधिवेशन प्रतिनिधि र क्षेत्र नम्बर २ मा दुई महाधिवेशन प्रतिनिधि र सोही संख्यामा महासमिति सदस्य चयन हुनेछन् ।