पाेखरा । पोखरा महानगरपालिका–२९ लेखनाथको घोतघोतेमा रहेको दृष्टिविहीन आश्रममा आगलागी भएको छ । आगलागीबाट झन्डै ७५ लाख रुपैयाँ बराबरको सामान नष्ट भएकाे छ । आगलागीबाट पाँच काेठे घर ध्वस्त भएको छ ।
बुधवार बेलुकी आश्रममा आगलागी भएकाे थियाे । दृष्टिविहीन र अपाङ्गगता भएका ३० जना आश्रममा बस्दै आएका थिए । उनीहरूले बजारमा लागेर बेच्ने अगरबत्ती, कपुर, पेन्सल, डटपेन, फिनेल, हार्पिक, अबिर, केशरीलगायतका सामग्री जलेर नष्ट भएका छन् ।
उनीहरूले बजारमा बिक्रीका लागि लैजान लागेका झन्डै ३४ लाख रुपैयाँ बराबरको सामग्री पनि नष्ट भएकाे दृष्टिविहीन सङ्घ कास्कीका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। उनीहरूले तिहारकाे बेलामा सामान बिक्रीबाट सङ्कलन गरेर आश्रममा नै रहेकाे झन्डै नाै लाख रुपैयाँ पनि जलेकाे सुवेदीले बताए। आगलागीबाट आश्रममा रहेका खाद्यान्न पनि नष्ट भएका छन् ।
अपाङ्गगतामैत्री समाज कास्कीले घर भाडामा लिएर आश्रम सञ्चालन गर्दै आएको थियो । आगलागीपछि त्यहाँ बस्दै आएकाहरूको बिचल्ली भएको छ ।