राजेश कांग्रेस तनहुँको प्रशिक्षक नियुक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राजेश कांग्रेस तनहुँको प्रशिक्षक नियुक्त

    खबरपुञ्ज संवाददाता

    २९ कार्तिक २०८०, बिहीबार

    दमौली । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य राजेशकुमार श्रेष्ठ नेपाली कांग्रेस तनहुँको प्रशिक्षकमा नियुक्त भएका छन् । पार्टीले श्रेष्ठलाई प्रशिक्षकको रुपमा मनोनित गरेको हो ।

    पार्टी उपसभापति एवं प्रशिक्षण शाखा प्रमुख देवकुमार श्रेष्ठले उनलाई पार्टीको गत साउन १२ को निर्णय अनुसार प्रशिक्षकको जिम्मेवारी दिने निर्णय गरेको उल्लेख गरेका छन् । पार्टीको नीति, नियम, विधान तथा नियमावली अनुसार विभिन्न स्तरमा आयोजना हुने प्रशिक्षण कार्यक्रममा श्रेष्ठले प्रशिक्षकको भूमिका निभाउनेछन् ।

    पार्टीको निर्णयप्रति आभार व्यक्त गर्दै श्रेष्ठले पार्टीले दिएको जिम्मेवारी पूर्ण सामर्थ्यका साथ पूरा गर्ने प्रतिबद्धता जनाए ।