भिरबाट लडेर ५० वर्षीय पुरुष घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    भिरबाट लडेर ५० वर्षीय पुरुष घाइते

    खबरपुञ्ज संवाददाता

    ३० कार्तिक २०८०, शुक्रबार

    दमाैली । तनहुँको ऋषिङ गाउँपालिका–१ धारापानीमा भिरबाट लडेर आज एक पुरुष घाइते भएका छन् ।

    घाइते हुनेमा सोही वडाको बोझाडी बस्ने ५० वर्षीय पदमबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    दमौलीबाट भिरकोट जाने सडकखण्ड अन्तर्गत ५० मिटर तल लडिरहेको अवस्थामा थापालाई फेला पारी प्रहरी तथा स्थानीय व्यक्तिको सहयोगमा उपचारका लागि दमौली अस्पताल ल्याइएको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए।

    घाइते थापालाई थप उपचारका लागि पोखरास्थित चरक अस्पतालमा पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।