कांग्रेस महासमिति सदस्यका लागि तनहुँमा को को छन् आंकाक्षी ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कांग्रेस महासमिति सदस्यका लागि तनहुँमा को को छन् आंकाक्षी ?

    खबरपुञ्ज संवाददाता

    १ मंसिर २०८०, शनिबार

    दमौली । नेपाली कांग्रेस तनहुँको रिक्त महासमिति र महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन प्रकृया सुरु भएको छ । तनहुँ क्षेत्र नम्बर १ मा एक र २ मा दुई महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि चयनका लागि निर्वाचन समितिले तालिका प्रकाशित गरेको छ ।

    तालिका अनुसार आइतबार मनोनयन दाखिलाको कार्यक्रम रहेको छ । क्षेत्र नम्बर १ मा महाधिवेशन प्रतिनिधि एक जना आदिवासी जनजाति र क्षेत्र नम्बर २ मा दुई जना महाधिवेशन प्रतिनिधि चयन हुनेछ । त्यस्तै महासमिति सदस्यतर्फ १ मा एक जना आदिवासी जनजाति र २ मा एक प्रत्यक्ष र एक खस आर्यतर्फ निर्वाचन हुँदैछ ।

    नेताहरुबीच सर्वसम्मतमा महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयनको पहल भएको छ । यद्यपि सहमति नभए निर्वाचनमै जाने तयारी छ ।

    क्षेत्र नम्बर १ मा महासमिति सदस्यका लागि अशोककुमार श्रेष्ठ, देवकुमार श्रेष्ठ, ताराप्रसाद श्रेष्ठ, रेशम गुरुङ आकांक्षी छन् । क्षेत्र नम्बर २ मा मोहनकुमार श्रेष्ठ, चामबहादुर थापा, मिलन आले लगायत आकांक्षी छन् । त्यस्तै कृष्णराज पण्डित पनि महाधिवेशन प्रतिनिधि बनेर महासमिति सदस्य हुने प्रयासमा छन् ।

    त्यस्तै महाधिवेशन प्रतिनिधिका लागि क्षेत्र नम्बर १ मा बैश गुरुङ, रामबहादुर गुरुङ, लेखबहादुर रानाले पनि इच्छा देखाएका छन् । क्षेत्र नम्बर २ मा महाधिवेशन प्रतिनिधिका लागि मोहन गिरी, रविचन्द्र पौडेलले पनि इच्छा देखाएका छन्।

    निर्वाचन समितिले मंसिर १० गतेभित्र महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य टुंगो लगाउने तयारी गरेको छ ।