काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वको शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले शनिबार छठ पर्वको शुभकामना दिँदै नेपालीमा सुख, शान्ति, समृद्धिको कामना गरेका छन् ।
छठ पर्वले समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसंगतिलाई अन्त्य गर्न सहयोग पुग्ने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरे ।