काङ्ग्रेस तनहुँ : तीन महाधिवेशन प्रतिनिधिका लागि १६ जनाको मनोनयन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    काङ्ग्रेस तनहुँ : तीन महाधिवेशन प्रतिनिधिका लागि १६ जनाको मनोनयन

    खबरपुञ्ज संवाददाता

    २ मंसिर २०८०, आईतवार

    दमाैली । नेपाली काङ्ग्रेस तनहुँमा रिक्त रहेको तीन महाधिवेशन प्रतिनिधिका लागि १६ जनाले मनोनयन दर्ता गरेका छन् । तनहुँ क्षेत्र नम्बर १ को एक महाधिवेशन प्रतिनिधि (जनजाति) तर्फ छ र क्षेत्र नम्बर २ को दुई महाधिवेशन प्रतिनिधि (प्रत्यक्ष खुला)तर्फ १० जनाले मनोनयन दर्ता गरेका हुन् ।

    निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिका लागि आइतबार मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेको थियो । महाधिवेशन प्रतिनिधि चयनपछि क्षेत्र नम्बर १ मा एक र क्षेत्र नम्बर २ मा दुई महासमिति सदस्य चयनका लागि प्रक्रिया थालिने निर्वाचन अधिकृत चन्द्रकान्त वाग्लेले जानकारी दिए ।

    क्षेत्र नम्बर १ को एक महाधिवेशन प्रतिनिधि (जनजाति) तर्फ अशोक गुरुङ, राजकुमार श्रेष्ठ, प्रतापसिं गुरुङ, गलबहादुर गुरुङ, लेखबहादुर राना र बैंशबहादुर गुरुङले मनोनयन गरेका छन् ।

    क्षेत्र नम्बर २ को दुई महाधिवेशन प्रतिनिधि (प्रत्यक्ष खुला) तर्फ कृष्णराज पण्डित, रविचन्द्र पौडेल, बालकृष्ण घिमिरे, विष्णुहरि पाठक, मोहन गिरी, सन्तोष घिमिरे, विष्णु मल्ल, वीरबहादुर थापा मगर, माधव भट्टराई र श्रीराम आलेले मनोनयन गरेका छन् ।

    महाधिवेशन प्रतिनिधिको निर्वाचन कार्यतालिका अनुसार आइतबार नै दावी विरोध, छावी विरोध उपर छानबिन, दोस्रो उम्मेदवारको नामावली प्रकाशन हुनेछ । त्यस्तै मङ्सिर ५ गते उम्मेदवारी फिर्ता, सोही दिन अन्तिम नामावली प्रकाशन हुनेछ । सहमति नभएमा मङ्सिर ६ गते मतदान कार्यक्रम हुनेछ । मतदान क्षेत्र नम्बर १ को लागि पार्टी कार्यालय र २ को बेलचौतारा सामुदायिक भवनमा गरिनेछ ।

    महासमिति सदस्य पदको उम्मेदवारी दर्ता तथा निर्वाचन तालिका मङ्सिर ७ गते प्रकाशन गरिने जनाइएको छ ।