उदाउँदो सूर्यलाई अर्घ्य दिएर सकियो छठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    उदाउँदो सूर्यलाई अर्घ्य दिएर सकियो छठ

    खबरपुञ्ज संवाददाता

    ३ मंसिर २०८०, सोमबार

    काठमाडौ । चार दिनसम्म श्रद्धापूर्वक मनाइने छठ पर्वका ब्रतालुहरु आज उदाउँदो सूर्यदेवलाई एकाविहानै अर्घ चढाएका छन् । योसंगै छठ पर्व विधिवत रुपमा सकिएको छ ।

    चिसो मौसममा जलाशयमा बसेर करिब घण्टौंको पूजापाठ र प्रतिक्षापछि सूर्यदेव दर्शन दिए । लगत्तै छठ ब्रतालुहरु एकएक गरी पूजा सामग्री तथा प्रसाद सूर्यदेवलाई चढाए । ब्रतालुहरु अब अर्कोवर्ष पुनः पूजा गर्ने प्रण गर्दै छठी मैयाको नाममा दियो चलाउने गरिन्छ ।

    छठको पहिलो दिन ुनहाय खायु, र दोस्रो दिन खरना गरेका ब्रतालुहरु हिजो अस्ताउदो सूर्यदेवलाई अर्घ चढाएका थिए । रातभर घाटमै पूजापाठ गरी आज उदाउदो सूर्यदेवलाई अर्घ दिए ।

    छठ हिन्दूहरुको एक महत्वपूर्ण पर्व हो । प्रायः सबै हिन्दूले छठ श्रद्धापूर्वक मनाउछन् । पछिल्लो समय केहि मुस्लिम समुदायले पनि छठ मनाउन थालेका छन् । त्यसैले यो साझा पर्व बन्दै गएको छ ।

    मधेश प्रदेशको जनकपुरधाम र वीरगञ्जमा छठ विशेष धुमधामसंग मनाइएको छ । यहांका जलाशयहरुमा लाखौं खर्चिएर आकर्षक छठघाट बनाइएको थियो ।