वीरता टोलद्वारा देउसीभैलोको रकम भूकम्प पीडितलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    वीरता टोलद्वारा देउसीभैलोको रकम भूकम्प पीडितलाई

    खबरपुञ्ज संवाददाता

    ३ मंसिर २०८०, सोमबार

    दमौली । व्यास नगरपालिका-४ वीरता टोल विकास संस्थाले देउसीभैलो खेलेर संकलन गरेको रकम भूकम्प पीडितलाई सहयोग गरेको छ । तिहारमा देउसी खेलेर संकलित रु दश हजार ५५ संस्थाले जाजरकोट भूकम्प पीडितका लागि सहयोग गरेको हो ।

    भूकम्पबाट प्रभावित जनसमुदायको पीडामा मलमपट्टी लगाउने उद्देश्यले संस्थाले थोरै भएपनि सहयोग गरेको अध्यक्ष सरोज बस्नेतले जानकारी दिए । दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको उक्त रकमको भौचर सोमबार प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई हस्तान्तरण गरिएको छ ।

    टोल विकास संस्थाले देउसीभैलो खेलेर संकलन गरेको रकम सामाजिक काममा सहयोग गर्नु सकारात्मक रहेको संस्थाका सल्लाहकार श्रीराम कार्कीले बताए ।