मध्यरातमा भूकम्पको धक्का, केन्द्रविन्दु चित्लाङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मध्यरातमा भूकम्पको धक्का, केन्द्रविन्दु चित्लाङ

    खबरपुञ्ज संवाददाता

    ६ मंसिर २०८०, बिहीबार

    काठमाडौ । काठमाडौं उपत्यका लगायत आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार राती १ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । मध्यरातमा भूकम्प जाँदा मस्त निद्रामा रहेका मानिसहरु ब्युँझिएका छन् ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् भरत कोइरालाका अनुसार मकवानपुर जिल्लाको चित्लाङ आसपास केन्द्रबिन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प गएको हाे। भूकम्पका कारण कहाँ के कति क्षति भयो त्यसको कुनै विवरण प्राप्त भएको छैन ।