लायन्स नेपालको क्याबिनेट बैठक आजदेखि दमौलीमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    लायन्स नेपालको क्याबिनेट बैठक आजदेखि दमौलीमा

    खबरपुञ्ज संवाददाता

    ७ मंसिर २०८०, शुक्रबार

    दमौली । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एल नेपालको दोस्रो क्याबिनेट बैठक आजदेखि दमौलीमा सुरु हुँदैछ ।
      
    व्यास ऋषिको जन्मभूमि र पराशर ऋषिको तपोभूमिमा हुन लागेको दोस्रो क्याबिनेट बैठकमा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक एल नेपालमा आबद्ध करिब एक हजार दुई सय सदस्यको सहभागिता रहने लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एल नेपालका चिफ पिआरओ सुरेन्द्र पौडेलले जानकारी दिए ।

    दोस्रो क्याबिनेट बैठकका संयोजकसमेत रहेका पौडेलका अनुसार लायन्सवादको ५२ वर्षको नेपालको इतिहासमा दोस्रो पटक दमौलीमा क्याबिनेट बैठक हुन लागेको हो । लायन्सको नीतिअनुसार कुनै पनि कार्यकाल एक वर्षको हुने र उक्त कार्यकालमा चार वटा क्याबिनेट बैठक गरिने हुँदा वर्ष २०२३÷२४को दोस्रो क्याबिनेट बैठक दमौलीमा गर्न लागिएको हो ।   
      
    यसअघि लायन वर्ष २०१८÷१९ मा गण्डकी प्रदेशका वर्तमान सांसद अशोककुमार श्रेष्ठ गभर्नर भएको समयमा पहिलोपटक दोस्रो क्याबिनेट बैठक दमौलीमा गरिएको थियो ।   
      
    तनहुँमा रहेका लायन्स क्लब अफ तनहुँ, लायन्स क्लब अफ तनहुँ व्यास सिटी, लायन्स क्लब अफ तनहुँ भानुभक्त, लायन्स क्लब अफ तनहुँ सत्यवती, लायन्स क्लब अफ तनहुँ दमौली र लायन्स क्लब अफ डुम्रेको संयुक्त आयोजनामा हुन लागेको क्याबिनेट बैठकले तनहुँको धार्मिक एवं पर्यटकीयस्थलको प्रचारप्रसारमा समेत टेवा पुग्ने दोस्रो क्याबिनेट बैठकका सहसंयोजक एवं लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एल नेपालका डिपार्टमेन्ट चिफ चूडामणि दाहालले जानकारी दिए ।   
      
    जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने नाराका साथ अवसरबाट वञ्चित विपन्न वर्गका समुदायलाई सहयोग गर्ने अन्तर्राष्ट्रिय संंंस्थाको रुपमा परिचित अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एल नेपालको दोस्रो क्याबिनेट बैठक दमौलीमा हुन लाग्दा सम्पूर्ण लायन्स अत्यन्त उत्साहित भएको अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एल नेपालका वरिष्ठ सल्लाहकार सुशीला शर्माले बताइन् ।   

    मंसिर ८गतेको कार्यक्रममा क्याबिनेटका ससदस्यको मात्र उपस्थिति रहने छ भने ९ गते शनिबारको कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रक्ट ३२५एल नेपाल अन्तर्गत रहेका क्लवका सदस्यहरूको उपस्थिति रहनेछ । शनिबार हुने कार्यक्रमको पूर्व मन्त्री शंकर भण्डारीले उद्घाटन गर्ने छन् ।
      
    लायन्स क्लबले विभिन्न समय र विपद्को अवस्थामा समेत अग्रपङ्क्तिमा रहेर सेवा गर्दै आइरहेको छ । लायन्सले आदिकवि भानुभक्त क्याम्पसको शैक्षिक भवन र विज्ञान प्रयोगशाला तथा विसं २०७२ को भूकम्पले क्षति पुगेको व्यास नगरपालिका–१२ स्थित अमरज्योति माध्यमिक विद्यालयको भवन निर्माणलगायत सामाजिक कार्यमा सहयोग गर्दै आएको छ ।   
      
    यस वर्ष पनि लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एल नेपालले तनहुँमा दुईवटा मुख्य परियोजना अघि सारेको छ । क्लबले तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित जिपी श्वासप्रश्वास स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलासिस सेन्टर सञ्चालनका लागि अमेरिकी डलर रु एक लाख र आँबुखैरेनी गाँउपालिकामा आँखा उपचार केन्द्र स्थापना गर्नका लागि प्रस्ताव गरेको छ ।   
    –––