मन्त्रिपरिषद बैठक : उपरथी अशोक सिग्देललाई सेनाको रथीमा बढुवा गर्ने निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मन्त्रिपरिषद बैठक : उपरथी अशोक सिग्देललाई सेनाको रथीमा बढुवा गर्ने निर्णय

    खबरपुञ्ज संवाददाता

    २० मंसिर २०८०, बिहीबार

    काठमाडौ । नेपाली सेनाले रिक्त रथी पदमा उपरथी अशोकराज सिग्देलको बढुवा भएको छ । मन्त्रिपरिषदको बिहिवार बसेको बैठकले सिग्देललाई रिक्त रथी पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

    सैनिक मुख्यालयमा गत शुक्रवार बसेको सेनाको बढुवा समितिको बैठकले सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गर्दै रक्षामा पत्र पठाएको थियो ।बैठकले सेनाका महासेनानीहरु कमल बानियां,राजाराम बस्नेत,रोजप्रताप राणा र संजय देउजाको सहायकरथीमा बढुवा गर्ने निर्णय गरेको छ ।

    सेनाका बलाधिकृतरथी सिताराम खड्काको अध्यक्षतामा गठित बढुवा समितिले उनको नाम रथी बढुवाका लागि सिफारिस गरेपछि सरकारले त्यही आधारमा निर्णय गरेको हो । २०४३ सालमा सैनिक अधिकृतका रुपमा सेनामा प्रवेश गरेका सिग्देल २५ बेसिकका सैनिक अधिकृत हुन् ।

    सेनाको हायर कमाण्ड कोर्समा समेत उनि प्रथम भएका थिए । तनहुंमा जन्मेर भैरहवामा हुर्केका सिग्देलले चीनबाट नेशनल डिफेन्स कोर्स (एनडिसी) गरेका छन् । हाल उनि सेनामा महत्वपूर्ण मानिने नीति महानिर्देशनालयको महानिर्देशक छन् ।

    सेनाका बलाधिकृतरथी सरोजप्रताप राणाले अवकास पाएपछि उनको ठाउंमा वरियतामा अघि रहेका उपरथी ताराध्वज पाण्डेलाई सेनाको बोर्डले रथी बढुवाका लागि सिफारिस गरेको थियो ।

    तर, पाण्डेको उमेर विवादका कारण उनले दिएको राजीनामा स्वीकृत भएपछि सिग्देलको लागि रथी बढुवाको बाटो खुलेको हो ।रथीमा बढुवासंगै सिग्देलको हालका प्रधानसेनापति प्रभुराम शर्माले अवकास पाएपछि प्रधानसेनापति बन्ने बाटो खुला भएको छ । योसंगै शर्माले भदौ २४ मा अवकास पाएपछि सिग्देल सेनाको ४५ औं प्रधानसेनापति बन्ने लगभग निश्चित भएको छ ।