उज्वल राष्ट्रिय युवा संघ तनहुँको इन्चार्ज सहित स्थायी कमिटी सदस्य मनोनित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    उज्वल राष्ट्रिय युवा संघ तनहुँको इन्चार्ज सहित स्थायी कमिटी सदस्य मनोनित

    खबरपुञ्ज संवाददाता

    २१ मंसिर २०८०, बिहीबार

    दमौली । नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा संघ नेपालको तनहुँ इन्चार्जमा उज्ज्वल खनाल मनोनित भएका छन् । संघले खनाललाई स्थायी कमिटी सदस्य सहित जिल्ला इन्चार्जको जिम्मा दिएको हो ।

    भिमाद निवासी खनाल यसअघि संघको केन्द्रीय सदस्य थिए ।

    संघले सबै प्रदेशमा प्रदेश इन्चार्ज र सह इन्चार्ज तोकेको छ । आज विशेष सर्कुलर जारी गर्दै महासचिव सुमन पुरीले विभिन्न निर्णय सार्वजनिक गरेका हुन् ।