चितवनमा दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    चितवनमा दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

    खबरपुञ्ज संवाददाता

    २१ मंसिर २०८०, शुक्रबार

    चितवन । जिल्लाका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२८ का ४८ वर्षीय रणबहादुर बानियाँ र पैदलयात्री भरतपुर महानगरपालिका–१९ कि ३५ वर्षीया सरस्वती गुरुङको दुर्घटनामा मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज भरतपुर महानगरपालिका–१८ गुञ्जनगरमा भीमनगरबाट वडा कार्यालयतर्फ जाँदै गरेको ना ५१ प ६४९२ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा सरस्वती गुरुङको मृत्यु भएको हो ।

    उनको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो । सो दुर्घटनामा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१८ का ३० वर्षीय आइतसिंह घर्ती र पछाडी सवार निजको श्रीमती वर्ष २६ की सुशीला घर्ती घाइते भएका छन्। उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    यस्तै बिहीबार भएको दुर्घटनामा घाइतेमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२८ अन्द्रौलिमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलको पछाडी सवार रणबहादुर बानियाँको मृत्यु भएको हो । गोलाघाटबाट मेघौलीतर्फ आउँदै गरेको बा प्र–०६–०१प ३४७६ नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा आज मृत्यु भएको हो । मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२७ का २७ वर्षीय राजन मल्ल घाइते भएका छन् छ । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।–––