सिक्किममा पक्राउ नेपाली युट्युटवर छुटिन्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सिक्किममा पक्राउ नेपाली युट्युटवर छुटिन्

    खबरपुञ्ज संवाददाता

    १५ पुष २०८०, सोमबार

    काठमाडौं । साम्प्रदायिक हिंसा भड्काएको आरोपमा पक्राउ परेकी खोटाङकी युट्युबर उमा चाम्लिङ राई आइतबार छुटेकी छिन ।

    सिक्किम क्रोनिकलका पत्रकार शेरब पाल्देन भुटियाले लेखेको समाचार अनुसार राई छुटे पनि उनको अनुसन्धान भने जारी रहनेछ ।

    उनलाई थुनाबाट छुटाएर नेपाल पठाइएको क्रोनिकलले उल्लेख गरेका छ । उनी नेपालबाटै तारिख धाउने सर्तमा छुटेको पनि समाचारमा उल्लेख छ ।

    उनलाई सिक्किमको सत्ताधारी दल सिक्किम क्रान्तिकारी मोर्चाका नेता ज्याकोब खालिङले आतङ्ककारी भनेका थिए ।

    सिक्किमको प्रतिपक्षी दल तथा पूर्व मुख्यमन्त्री पवन चाम्लिङको द सिक्किम डेमोक्रेटिक फ्रन्टलाई सहयोग गर्नेगरी र पवनको पैसाबाट परिचालित भएर सिक्किम आएको आरोप क्रान्तिकारी मोर्चाकी शिला राईले सार्वजनिक रूपमा ल्याएकी थिइन ।

    उनको जाहेरीको आधारमा उमा पक्राउ परेकी थिइन । छुटेकी उमाले सार्वजनिक प्रतिक्रिया फेसबुकमा लेख्दै भनेकी छिन्, ‘सिक्किमको बारेमा के लेख्नु म तपाईँहरू आफै बुझ्नुस् । निशब्द छु भिडियो आउँछ । सबै कहानी भन्ने छु धेरै छ ।’