दमौली । तनहुँ-१ का सांसद डा. स्वर्णिम वाग्लेले सार्वजनिक सुनुवाई गर्ने भएका छन् ।
सांसद वाग्लेले पुस २२ गते जिल्ला समन्वय समितिको प्राङ्गणमा सार्वजनिक सुनुवाई गर्न लागेका हुन् ।
त्यसअगाडी वाग्ले जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् । उनका अनुसार भानु र बन्दीपुरमा अस्पताल एवं स्वास्थ्य सुधार सम्भाव्यता, पुर्कोट मा.वि. को शतवार्षिकी, गण्डकी प्रदेश योजनाबारे छलफल, निर्माणाधीन सडक, पुल र खानेपानी निरीक्षणको कार्यक्रम छ ।