शुक्लागण्डकीको शिक्षक सरुवा अदालतद्वारा बदर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीको शिक्षक सरुवा अदालतद्वारा बदर

    खबरपुञ्ज संवाददाता

    १७ पुष २०८०, मंगलवार

    दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिकाले गरेको शिक्षक सरुवा उच्च अदालत पोखराले बदर गरिदिएको छ । यसअघि अदालतले नगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएकामा मंगलबार फैसला सुनाउँदै उक्त निर्णय बदर गरेको हो ।

    नगरपालिकाले शिक्षक सरुवा गरेको विरोधमा शिक्षकहरुले उच्च अदालतमा मुद्धा दायर गरेका थिए ।

    शिक्षकले मुद्धा जितेपछि न्याय पाएको बताएका छन् ।

    निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता हरिप्रसाद सुवेदी तथा विपक्षीमध्ये प्रमुख प्रशासकीय अधिकृत, शुक्लागण्डकी नगरपालिकाका तर्फबाट उच्च सरकारी वकिल कार्यालय पोखराका उपन्यायाधीवक्ता रामप्रसाद अधिकारी तथा अधिवक्ता दयाराम गौतमले बहस गरेका थिए ।