दमाैली । तनहुँ उद्योग वाणिज्य संघ महिला उद्यमी समितिको सभापतिमा रोशनी पिया चयन भएकी छन् । समितिको मंगलबार सम्पन्न १२ औं अधिवेशनबाट पियाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
समितिको उपसभापतिमा संगिता प्रधान, कोषाध्यक्षमा कल्पना भट्टराई र सदस्यहरुमा सपना श्रेष्ठ, कमला गुरुङ, ज्ञानुदेवी श्रेष्ठ, मुन्नि खातुन, गीता लम्साल, रफत साता मियाँ, सहिदा खातुन, रस्मिला ताम्राकार पिया, मञ्जु पिया श्रेष्ठ र सुशीलादेवी श्रेष्ठ चयन भएकी छन् ।
समितिकी सभापति शकुन्तला आलेकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरै, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए ।