राष्ट्रियसभामा गण्डकीबाट एमालेका ९ जना उम्मेदवार सिफारिस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राष्ट्रियसभामा गण्डकीबाट एमालेका ९ जना उम्मेदवार सिफारिस

    खबरपुञ्ज संवाददाता

    १७ पुष २०८०, बुधबार

    पोखरा । आगामी राष्ट्रियसभा निर्वाचनका लागि गण्डकी प्रदेशबाट नेकपा एमालेले ९ जनालाई उम्मेदवार सिफारिस गरेको छ ।

    बुधबार बसेको एमालेको गण्डकी प्रदेश कमिटी बैठकले अन्यतर्फ स्याङ्जाका चक्रबहादुर पराजुली, बाग्लुङका मोहनलाल शर्मा र म्याग्दीकी ममतादेवी शर्मा उपाध्यायलाई सिफारिस गरेको हो ।

    त्यस्तै अपांग, अल्पसंख्यकबाट कास्कीका मेघराज शर्मा, मुस्ताङका  हेमन्त शेरचन र गोरखाकी मीना बरामको नाम सिफारिस गरेको छ ।

    महिलातर्फ गोरखाकी सम्झना देवकोटा, कास्ककीकी सगुन गुरुङ र स्याङ्जाकी ईश्वरी सिग्देल अर्यालको नाम केन्द्रीय कमिटीमा पठाइएको गण्डकी प्रदेशका एक पदाधिकारीले जानकारी दिए ।