रुखबाट खसेर भिमादमा एक पुरुषको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रुखबाट खसेर भिमादमा एक पुरुषको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १८ पुष २०८०, बुधबार

    दमौली । तनहुँको भिमाद नगरपालिका-५ मिछुर्लुङमा रुखबाट खसेर बुधबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय मनहर्ष राना रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    आफ्नै बारीमा दाउरा काट्ने क्रममा चिलाउनेको रुखबाट लडेर घाइते उनको भिमाद प्राथमिक उपचार केन्द्रमा मृत्यु भएको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खॉणले जानकारी दिए ।