भवन बनाउन रकम सङ्कलनका लागि नेत्रहिन सङ्घको महायज्ञ सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भवन बनाउन रकम सङ्कलनका लागि नेत्रहिन सङ्घको महायज्ञ सुरु

    खबरपुञ्ज संवाददाता

    १८ पुष २०८०, बुधबार

    दमाैली । तनहुँ नेत्रहीन सङ्घले भवन निर्माणका लागि महायज्ञ आयोजना गरेको छ । अपाङ्गता भएका व्यक्तिहरुले जिल्लामै पहिलो पटक महायज्ञ गरिएको हो ।

    बुधबारदेखि दमौलीस्थित खुल्लामैदानमा महायज्ञ सुरु गरिएको छ । महायज्ञकाे पूर्वमन्त्री आशा काेइरालाले उद्घाटन गरिन् ।

    महायज्ञ पुस २६ गतेसम्म सञ्चालन हुनेछ । हालसम्म भाडाको घरमा कार्यालय सञ्चालन हुँदै आएकामा सङ्घले महायज्ञबाट रकम सङ्कलन गरी भवन निर्माण गर्ने लक्ष्य राखेको सङ्घका अध्यक्ष चिनबहादुर कुमालले जानकारी दिए । उनले भने, “सङ्घले भौतिक रुपमा सम्पन्न गराउने उद्धेश्यसहित भवन निर्माण गर्ने सोच सहित अगाडी बढेका छौ । त्यसका लागि महायज्ञबाट रकम सङ्कलन गर्ने उद्धेश्य हो ।”

    महायबाट करिब रु ४० लाख सङ्कलन गर्ने लक्ष्य राखिएको कुमालले बताए। सङ्घलाई व्यास नगरपालिका–५ पाटनका केवी गुरुङले करिब रु २५ लाख पर्ने चार आना दुई दाम जग्गा निःशुल्क उपलब्ध गराउनुभएको छ । सोही जग्गामा सङ्घको भवन निर्माण गरिने कुमालको भनाइ छ ।

    उनले भने, “जग्गा त निःशुल्क पायौ तर भवन निर्माणका लागि पैसा नभएपछि महायज्ञको सहारा लिनुपरेको छ । अपाङ्गता भएका व्यक्तिहरुले आयोजना गरेको महायज्ञबाट सोचे अनुरुप दान सङ्कलन हुनेमा विश्वस्त छौ ।”

    महायज्ञमा रु पाँच सयदेखि रु एक हजारसम्म दान दिनेलाई प्रमुख वाचकबाट सम्मान प्रदान गर्ने, रु एक हजारदेखि रु तीन हजारसमम दान दिनेलाई प्रमुख वाचकबाट सम्मानपत्र र रामनवमी प्रदान गर्ने, रु तीन हजारदेखि रु छ हजारमाथि दान दिनेलाई सम्मानपत्रमा फ्रेममा राखी प्रदान गर्ने, रु छ हजारदेखि रु १२ हजार माथि दान दिनेलाई चाँदीको फ्रेममा सम्मानपत्र प्रदान गर्ने, रु १२ हजारदेखि रु २४ हजार माथि दान दिनेलाई सम्मानपत्रका साथै दोसल्ला ओढाउने कार्यक्रम रहेको छ ।

    त्यस्तै रु ८० हजारदेखि दुई लाखसम्म दान दिनेलाई सम्मानका साथ एक पुस्ते शिलालेखमा नाम लेखिने, रु दुई लाखदेखि रु पाँच लाखसम्म दान दिनेलाई सम्मानका साथ एक पुस्ते शिलालेखमा नाम लेखी बाजागाजा सहित नगर परिक्रमा गराउने तथा रु पाँच लाखदेखि रु १० लाखसम्म दान दिनेलाई सबै सम्मानका साथ चाँदीको लकेट सहित सम्मान गर्ने कार्यक्रम रहेको छ ।