तनहुँ प्रहरीद्वारा सवारी ज्यान र अङ्गभङ्ग मुद्धाका प्रतिवादी पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ प्रहरीद्वारा सवारी ज्यान र अङ्गभङ्ग मुद्धाका प्रतिवादी पक्राउ

    खबरपुञ्ज संवाददाता

    १९ पुष २०८०, शुक्रबार

    दमौली । सवारी ज्यान र सवारी अङ्गभङ्ग मुद्धामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँले गत साउन ८ गतेदेखि फरार रहेका प्रतिवादीलाई बिहीबार पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–६ भण्डाराका ३८ वर्षीय विजय धिताल भन्ने भरिपूर्ण धिताल रहेको इप्रका आँबुखैरेनीका प्रहरी निरीक्षक शिव थापाले जानकारी दिए । निजलाई काठमाडौ तार्केश्वर नगरपालिका–९ मनमैजुबाट पक्राउ गरिएको हो ।

    गत साउन ८ गते आँबुखैरेनी–४ साखरस्थित पृथ्वीराजमार्ग खण्डमा बा २ ख ४०२० नम्बरको माइक्रो र विपरित दिशाबाट आउँदै गरेको बा ४ ख ५१७९ नम्बरको माइक्रो एक आपसमा ठक्कर खाई हालसम्म फरार रहेका बा ४ ख ५१७९ नम्बर माइक्रोका चालक धिताललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका निजलाई तनहुँ अदालत पेश गरिएको छ ।