जग्गा खोज्दै यातायात कार्यालय, आफ्नै भवन बनाउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जग्गा खोज्दै यातायात कार्यालय, आफ्नै भवन बनाउने

    खबरपुञ्ज संवाददाता

    २० पुष २०८०, शुक्रबार

    दमौली । विमलनगरमा रहेको यातायात व्यवस्था कार्यालय तनहुँले आफ्नै भवन निर्माण गर्ने भएको छ । भाडामा सञ्चालन हुँदै आएको कार्यालयले आफ्नै भवन निर्माण गरी सेवा प्रवाह गर्ने तयारी गरेको हो ।

    त्यसका लागि कार्यालयले जग्गा खोज्ने प्रकृया सुरु गरेको छ । कार्यालयले बन्दीपुर-१ नाहालादेखि वडा नम्बर ४ को नयॉपुलसम्म सडक मापदण्ड बाहिर र सो रोजमार्गको शाखा मार्गसँग जोडिएको २ सय मिटर भित्रका जग्गा खोजेको छ ।

    कार्यालयका लागि यहॉका स्थानीयले निशुल्क जग्गा दिने तयारी गरेका छन् । त्यसका लागि कार्यालयले सूचना जारी गरी जग्गादातासँग प्रतिबद्धता सहितको निवेदन दिन आग्रह गरिएको छ ।

    व्यक्तिको घरमा कार्यालय सञ्चालन गर्दा लाखौ रकम खर्च हुने गरेकाले आफ्नै भवन निर्माण गरी सेवा दिने तयारी रहेको कार्यालयले जनाएको छ ।