दमाैली । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स दमौली शाखाले व्यास नगरपालिका–११ निवासी सुरेश कंडेललाई दावी भुक्तानी प्रदान गरेको छ । घातक रोग बापत इन्स्योरेन्सलाई उनलाई दावी भुक्तानी गरेको हो ।
तीन वर्ष अगाडी बीमा गरेका उनलाई रु पाँच लाख प्रदान गरिएको दमौली शाखा प्रमुख जगदीश काफ्लेले जानकारी दिए । विभिन्न छ वटा घातक रोगको उपचार खर्च दिने प्रावधान बमोजिम निजलाई उक्त सुविधा उपलब्ध गराइएको उनले बताए ।