तउवासंघ दमौली इकाईको सदस्यमा पौडेलको उम्मेदवारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तउवासंघ दमौली इकाईको सदस्यमा पौडेलको उम्मेदवारी

    खबरपुञ्ज संवाददाता

    २१ पुष २०८०, शनिबार

    दमौली । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको सदस्य पदमा व्यवसायी अर्जुन पौडेलले उम्मेदवारी दिने भएका छन् । शनिबारदेखि सुरु हुने इकाईको साधारणसभा तथा अधिवेशनमा पौडेलले सदस्यमा उम्मेदवारी दिने भएका हुन् ।

    व्यवसायीको हकहितका लागि आफूले इकाईको सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले भने, ‘व्यवसायीको हकहितका लागि आवाज उठाउने र समस्या समाधान गर्नेतर्फ मेरो मुख्य प्राथमिकता रहनेछ ।’

    लायन्स क्लव अफ तनहुँ भानुभक्तका अध्यक्ष समेत रहेका पौडेल सबैसँग घुलमिल रहेकाले सबैको सहयोग साथ पाउनेमा ढुक्क छन् ।