ऋषिङमा पुस २७ गते अल्ट्रा म्याराथन हुँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    ऋषिङमा पुस २७ गते अल्ट्रा म्याराथन हुँदै

    खबरपुञ्ज संवाददाता

    २१ पुष २०८०, शनिबार

    दमाैली । खेलकुदको माध्यमबाट पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यसहित तनहुँको ऋषिङ गाउँपालिकामा अल्ट्रा म्याराथन प्रतियोगिता हुने भएको छ । ऋषिङ गाउँपालिकाको आयोजनामा तेस्रो ऋषिङ अल्ट्रा म्याराथन हुन लागेको हो ।

    पुस २७ गते ४३ किलोमिटर दूरीको म्याराथन प्रतियोगिता गर्न लागिएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए । खुल्ला म्याराथनका लागि पुस २६ गतेसम्म नाम दर्ता गर्न सकिने उनले बताए ।

    म्याराथनको आवश्यक तयारी सुरु गरिएको उनले बताए । धारुङ भञ्ज्याङबाट सुरु हुने दौड रानीपोखरी, गाउँपालिकाको कार्यालय, अर्खलाछाप, काफलडाँडा, पुरानो ऋषिङ, पोखरीभञ्ज्याङ, गोठादी, ढुङ्गाडे, चालिसे, भिरकोट, अर्चल्दी, मौरीबास, दाङसिरी, दुवुङकोट पुगेर टुङ्गिनेछ ।

    प्रतियोगितामा प्रथम हुनेलाई रु ६५ हजार (कर बाहेक), द्वितीय हुनेलाई रु ४० हजार (कर बाहेक), तृतीय हुनेलाई रु २५ हजार (कर बाहेक) र सान्त्वना हुने चार जनालाई रु पाँच हजार पुरस्कार प्रदान गरिनेछ ।

    ऋषिङमा रहेका पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्धेश्यसहित म्याराथन गर्दै आइएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए। उनले भने, “गाउँपालिकाका पर्यटकीय स्थल प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् । खेलकुदको माध्यमबाट ती ठाउँको प्रचारप्रसार गर्ने मुख्य उद्धेश्य हो ।”