दमौली । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको अध्यक्षमा तीन जनाले उम्मेदवारी दर्ता गरेका छन् । शनिबारदेखि सुरु इकाईको अधिवेशनमा राजकुमार श्रेष्ठ राकु, सुकनारायण मल्ल र विन्दु श्रेष्ठले उम्मेदवारी दर्ता गरेका हुन् ।
राजकुमार श्रेष्ठ राकु इकाईको निवर्तमान अध्यक्ष हुन् । त्यस्तै सुकनारायण पूर्व उपसभापति र विन्दु पूर्व कोषाध्यक्ष हुन् । सुकनारायण र विन्दु गत अधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गरी पराजित भएका थिए ।
इकाईको नयॉ नेतृत्व चयनका लागि सहमति नभए आइतबार चुनाव हुनेछ ।