लालीगुरॉसले जित्यो त्रिवेणी कपको उपाधि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    लालीगुरॉसले जित्यो त्रिवेणी कपको उपाधि

    खबरपुञ्ज संवाददाता

    २१ पुष २०८०, आईतवार

    लमजुङ । लमजुङको बेँसीसहरमा आयोजित ३१औँ राष्ट्रव्यापी त्रिवेणी कप फुटबल प्रतियोगिताको उपाधि लमजुङको लालीगुराँस युवा क्लब भुजुङले उचालेको छ। 

    शनिबार सहजी त्रिवेणी रंगशालामा भएको फाइनल खेलमा बेँसीसहर युथ सोसाइटी शेरालाई १–० गोलले पराजित गर्दै लालिगुराँस युवा क्लब भुजुङ च्याम्पियन बनेको हो।  

    लालीगुराँस युवा क्लब भुजुङले १९ वर्षपछि त्रिवेणी कपको उपाधि जितेको हो। यसअघि २०६१ मा भुजुङले त्रिवेणी कपको उपाधि जितेको थियो। 

    सहजी त्रिवेणी रंगशालामा भएको फाइनल खेलमा बेँसीसहर युथ सोसाइटीका विदेशी खेलाडी एन्ड्रियास नियाले गरेको आत्मघाती गोलका कारण लालीगुराँस युवा क्लबलाई त्रिवेणी कपको उपाधि चुम्न सफल बनायो।  

    ३१औँ त्रिवेणी कपको विजेता बनेसँगै लालाीगुराँसले आठ लाख रुपैयाँसहित त्रिवेणी कप, स्वर्णपदक र प्रमाणपत्र पाएको छ। उपविजेता बेँसीसहर युथ सोसाइटीले नगद चार लाख रुपैयाँ, रजतपदक र प्रमाणपत्र पाएको छ। 

    सेमिफाइनलमामा चित्त बुझाएको अभिषेक चर्च रजहर नवलपुर र लाङ्दीदेवी युवा क्लबले १–१ लाख रुपैयाँ र प्रमाणपत्र पाएका छन्। प्रतियोगितामा सुन्दरबजार युवा क्लबका खेलाडी आरोन थापा सर्वाधिक गोलकर्ता घोषित भए भने बेँसीसहर युथ सोसाइटीका लक्षु थापा सर्वोकृष्ट खेलाडी घोषित भए। 

    उनीहरूले नगद २०-२० हजार रुपैयाँ, स्वर्ण पदक र प्रमाणपत्र पाएका छन्। प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी, महेन्द्र पुलिस क्लबसहित देशभरबाट २१ टिमले सहभागिता जनाएका थिए। प्रतियोगिता १२ पुसबाट सहजी खेलमैदानमा सुरु भएको थियो। 

    विजेतालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले पुरस्कार वितरण गरेका थिए। जिल्लामा फुटबल खेलको विकास र प्रवर्द्धन गरी व्यावसायीकरण गर्ने र उच्चस्तरीय फुटबल प्रतियोगिता सञ्चालन गर्न, नयाँ खेलाडीलाई प्रोत्साहन, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको क्लबका अध्यक्ष राजकुमार घिमिरेले बताए।