पोखरा । सन्दिप पराजुलीले नवलपुर विरुद्धको खेलमा चमत्कारीक प्रर्दशन गर्दै ९ विकेट लिए पछि तनहुँले रोमाञ्चक जित हात पारेको छ ।पोखरामा जारी प्रधानमन्त्री कप गण्डकी प्रदेशस्तरीय एक दिवशिय क्रिकेट छनौट प्रतियोगिताको समुह ‘बी’ को खेलमा सन्दिपले चमत्कारीक वलिङ गर्दै ९ ओभरको स्पेलमा २ मेडन राख्दै २५ रन दिएर ९ विकेट हात पारेका हुन् ।
जारी प्रतियोगितामा सन्दिपले एउटै खेलमा सर्वाधिक विकेट हात पार्ने खेलाडी समेत बनेका छन् । गण्डकी प्रदेशकै लागि यो नयाँ किर्तिमान समेत हो ।टस जितेर पारीको सुरुवात गरेको तनहुँ २८.४ ओभरमा पुरै १० विकेट गुमाउँदै ११० रन मात्रै बनायो ।
तनहुँका लागि क्रिश ऐरले ४७ बलमा ४१ रन र समिर कडेलले ३२ बलमा १८ रनको योगदान दिए । नवलपुरका लागि विशाल पौडेलले ७.४ ओभरमा २४ रन दिएर ३ विकेट हात पार्दा, कमल परियार कुमार रानाले समान २–२ विकेट लिएयता १११ रनको लक्ष्य पछ्याउने क्रममा नवलपुर १०० रनमा नै धराशायी भयो ।
नवलपुरका लागि गोविन्द विकले २७ रनको पारी खेल्दा प्रोमिश अर्यालले २२, विशाल पौडेलले १७ र रिजन काफ्लेले १५ रन बनाए ।९ विकेट हात पारेका सन्दिप म्यान अफ दि म्याच घोषित भए । उनको प्रदर्शनलाई देखेर पोखरा महानगर पालिका वडा नं १४ का अध्यक्षले व्यक्तिगत नगद २ हजार प्रदान गरे भने प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले उनलाई बल हस्तान्तरण गरे ।