आँबुखैरेनीले सरकारी विद्यालयमा छोराछोरी पढाउने अभिभावकको बीमा गरिदिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीले सरकारी विद्यालयमा छोराछोरी पढाउने अभिभावकको बीमा गरिदिने

    खबरपुञ्ज संवाददाता

    २१ पुष २०८०, आईतवार

    दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । गाउँपालिकाले पहिलो चरणमा विकट तथा आर्थिक रुपले पिछडिएका क्षेत्रका अभिभावकको स्वास्थ्य बीमा गर्न लागेको हो ।

    सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो नीति ल्याइएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। चुमानका अनुसार पहिलो चरणमा वडा नम्बर ४, ५ र ६ मा यो कार्यक्रम लागु हुनेछ । उनले भने, “सामुदायिक विद्यालयमा छोराछोरी पढाएका अभिभावक तथा विद्यार्थीका लागि स्वास्थ्य बीमा लागु हुनेछ । यसले सामुदायिक विद्यालयप्रति आकर्षण बढाउने अपेक्षा गरेका छौ ।”

    स्वास्थ्य बीमाका लागि पालिकाले नीति, कानून निर्माण गरिसकेको छ । यसका लागि सम्बन्धित विद्यालयको सिफारिस सहित वडाबाट विद्यार्थीको विवरण सङ्कलन, बीमा फारम, नवीकरणको कामलाई अगाडी बढाइएको चुमानले बताए। माघ महिनाभित्र ती वडाका सबै विद्यार्थी र अभिभावकको स्वास्थ्य बीमा गरिसक्ने चुमानको भनाइ छ ।

    उनले भने, “आवश्यकता बमोजिम आगामी वर्षहरुमा प्राथमिकतामा आधारमा अन्य वडाहरुमा पनि यो कार्यक्रम विस्तार गर्ने लक्ष्य छ ।”

    सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । यस अनलाइनमा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।