आइटिएफ तेक्वान्दोमा तनहुँका खेलाडीलाई दुई स्वर्ण सहित चार पदक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    आइटिएफ तेक्वान्दोमा तनहुँका खेलाडीलाई दुई स्वर्ण सहित चार पदक

    खबरपुञ्ज संवाददाता

    २१ पुष २०८०, आईतवार

    दमाैली । काठमाडौ तेक्वान्दो सङ्घले आयोजना गरेको ११ औं राष्ट्रिय जनरल आइटिएफ तेक्वान्दो प्रतियोगितामा तनहुँको भिमाद र ऋषिङका खेलाडीले दुई स्वर्ण सहित चार पदक जितेका छन् । भिमाद एकेडेमीका दुई खेलाडीले दुई स्वर्ण र ऋषिङ पाटन एकेडेमीका दुई खेलाडीले दुई रजत पदक जितेका हुन् ।

    भिमाद एकेडेमीका मनिषा केसी र बिपीका रोकाले गु्रप प्याट्रनतर्फ स्वर्ण पदक जितेका हुन् ।

    ऋषिङ पाटन एकेडेमीका सलका श्रेष्ठले ब्लु बेल्ट प्याट्रन र सन्दिप गुरुङले ७५ केजी स्पाइरिङमा रजत पदक जितेको तनहुँ आइटिएफ तेक्वान्दो सङ्घका अध्यक्ष आकाशचन्द्र घर्ती मगरले जानकारी दिए ।