तउवासंघ दमौली इकाई : उपसभापतिमा शेष, कोषाध्यक्षमा नारायण विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तउवासंघ दमौली इकाई : उपसभापतिमा शेष, कोषाध्यक्षमा नारायण विजयी

    खबरपुञ्ज संवाददाता

    २१ पुष २०८०, आईतवार

    दमौली । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको उपसभापतिमा शेषराज श्रेष्ठ विजयी भएका छन् । आइतबार राति सकिएको मतगणना अनुसार २ सय ३० मत प्राप्त गरी श्रेष्ठ उपसभापतिमा विजयी भएका हुन् ।

    उपसभापतिका प्रतिस्पर्धी राजेन मियॉले एक सय १० र इन्द्रलाल श्रेष्ठले एक सय चार मत प्राप्त गरेका छन् ।

    कोषाध्यक्षमा नारायण मल्ल निर्वाचित भएका छन् । उनले दुई सय दुई मत प्राप्त गरे । प्रतिस्पर्धी युवराज भण्डारीले एक सय ३६ र हर्षमान श्रेष्ठले ९४ मत प्राप्त गरेका छन् ।

    सभापतिमा भने सुकनारायण मल्ल सर्वसम्मत निर्वाचित भएका थिए । त्यस्तै १४ जना सदस्य पनि सर्वसम्मत निर्वाचित भएका छन् ।

    उपसभापति, कोषाध्यक्ष र जिल्ला प्रतिनिधिका लागि चुनाव भएको थियो । सात सय ६२ मतदातामध्ये ४ सय ७६ मत खसेको थियो ।