दमौली । नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्यमा तनहुँका पदमबहादुर परियारले उम्मेदवारी दर्ता गरेका छन् । व्यास नगरपालिका-१ निवासी ४२ वर्षीय परियारले सोमबार निर्वाचन अधिकृतको कार्यालय कास्कीमा उम्मेदवारी दर्ता गरेका हुन् ।
उनले अपांग कोटाबाट उम्मेदवारी दर्ता गरेका छन् । राष्ट्रिय सभा सदस्य प्रकाश पन्थको रिक्त हुने स्थानमा पार्टीले उनलाई टिकट दिएको हो ।
रिसेड तनहुँका अध्यक्ष उनी अपांगता अधिकारकर्मी हुन् ।