तउवासंघको अधिवेशन : वरिष्ठ उपाध्यक्ष पद थपियो, सर्वसम्मत नेतृत्व चयनका लागि पहल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    तउवासंघको अधिवेशन : वरिष्ठ उपाध्यक्ष पद थपियो, सर्वसम्मत नेतृत्व चयनका लागि पहल

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । तनहुँ उद्योग वाणिज्य सङ्घमा वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरिएको छ । सङ्घको साधारणसभा तथा अधिवेशनले विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष पद थप गरेको हो ।

    यसअघि प्रथम उपाध्यक्ष र द्वितीय उपाध्यक्ष पद रहेकामा अब वरिष्ठ सहित तीन जना उपाध्यक्ष हुने भएका छन् । सङ्घको महासचिव पद भने मनोनित गर्ने व्यवस्था रहेको छ ।

    सङ्घको अध्यक्षका लागि गत अधिवेशनमा अध्यक्षका प्रत्यासी वैकुण्ठनाथ मिश्र र हालका प्रथम उपाध्यक्ष इमकुमार मल्ल आकाङ्क्षी छन् ।

    सङ्घमा यसपटक सर्वसम्मत नेतृत्व चयनको पहल गरिएको छ । उद्योगी व्यवसायीबीच एकताको भावना विकास गर्न सर्वसम्मतको पहल गरिएको सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिए । यसपटक विभिन्न बजार इकाई र महिला उद्यमी समितिमा पनि सर्वसम्मत नेतृत्व चयन गरिएकाले जिल्लाको नेतृत्व पनि सर्वसम्मत हुनेमा श्रेष्ठले विश्वास व्यक्त गरे ।

    उनले भने, “यसपटक सहमति गरेर नेतृत्व चयन गर्नेमा सबै साथीहरु सकारात्मक हुनुहुन्छ । अन्तिमसम्म हामी सहमतिको पहल गर्छौ ।” सङ्घमा योगदान गरेका व्यवसायीलाई नेतृत्वमा ल्याउन सबैको सहमति रहेको श्रेष्ठको भनाइ छ ।

    अधिवेशनको कार्यतालिका बमोजिम शनिबार उम्मेदवारी दर्ता हुँदैछ । माघ ७ गते उम्मेदवारी उपर दावी विरोध, माघ ८ गते छानबिन, १० गते उम्मेदवारी फिर्ता, १० गते नै अन्तिम नामावली प्रकाशन, १३ गते मतदानको कार्यतालिका रहेको निर्वाचन प्रबन्ध समितिका संयाेजक डम्बरदेव हड्खलेले जानकारी दिए ।