दरै राष्ट्रिय मुक्ति मोर्चा तनहुँको जिल्ला सम्मेलन सम्पन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दरै राष्ट्रिय मुक्ति मोर्चा तनहुँको जिल्ला सम्मेलन सम्पन्न

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । नेकपा माओवादी केन्द्र निकट दरै राष्ट्रिय मुक्ति मोर्चाको तनहुँको दोस्रो जिल्ला सम्मेलन शुक्रबार सम्पन्न भएको छ ।

    मोर्चाका संयोजक सन्तकुमार दरैको अध्यक्षतामा सम्पन्न सम्मेलनको माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सन्त कुमार दरैले उदघाटन गरे ।

    कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिबहादुर चुमान, आशा कोइराला, राजेन्द्रकेशरी न्यौपाने, गण्डकी प्रदेश सहसचिव अतिन्द्रकेशरी न्यौपाने लगायतले सम्बोधन गरेका थिए ।

    सम्मेलनमा दरै राष्ट्रिय मुक्ति मोर्चा तनहुँका इन्चार्ज बसन्त दरैले प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा आत्मनिर्णयको अधिकार र जातीय स्वशासनबारे निरन्तर संघर्ष गर्ने, राज्यद्वारा अधिकरण गरिएको दराईहरुको जग्गाको मुआब्जाका लागि पहल गर्ने, दराई समुदाय र जग्गा सम्बन्धी मुद्धालाई न्यायोचित ढंगले फैसलाका लागि पहल गर्ने लगायतका विषय उल्लेख छ ।

    सम्मेलनले तेजबहादुर दरैको अध्यक्षतामा नयॉ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा दुर्गाबहादुर दरै, सचिवमा रामु दरै, सहसचिवमा खमबहादुर दरै, कोषाध्यक्षमा कुमारी दरै चयन भएका छन् ।

    सदस्यहरुमा हेमलाल दरै, आइत बहादुर दरै, मनिष दरै, इम बहादुर दरै, गौतम बहादुर दरै र गुन बहादुर दरै चयन भएका छन् ।