अर्ना ब्रान्डकाे ‘छक्का चाैका’ बियर दमाैलीमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अर्ना ब्रान्डकाे ‘छक्का चाैका’ बियर दमाैलीमा

    खबरपुञ्ज संवाददाता

    १४ बैशाख २०८१, शनिबार

    दमाैली । नेपाली बजारमा चर्चित रहेकाे अर्ना ब्रान्डले ‘अर्ना चाैका छक्का’ सार्वजनिक गरेकाे छ। यती ब्रुअरी लिमिटेडद्वारा अर्ना छक्का चाैका (६.४) सार्वजनिक गरिएकाे हाे।

    उक्त बियर शुक्रबारदेखि दमाैलीमा विक्री वितरण थालिएकाे कम्पनीका प्रतिनिधि प्रकाश अधिकारीले जानकारी दिए ।

    यसमा ६.४ प्रतिशत अल्काेहलकाे मात्रा रहेकाे छ। ‘छक्का चौका भनेको ६.४ प्रतिशत अल्कोहल हो,’ यती ब्रुअरी लिमिटेडले भनेकाे छ, ‘विषेश थप चाहिँ क्रिकेटकाे लागि समर्पित गरेर निकालिएकाे हाे। त्यसले गर्दा मानिसहरुमाझ छक्का चौका भनेर पपुलर भएकाे छ।’

    बजारमा खेलसंँग जाेडेर निकालिएकाे यस ब्रान्डले क्रिकेटका पारखीहरुकाे मन जित्ने विश्वास लिइएको छ । अब छिट्टै पाेखरा, तानसेन, स्याङ्जा, बागलुङ, आँबुखैरेनी लगायतका बजारमा उक्त बियर सार्वजनिक गरिने कम्पनीका रिजनल म्यानेजर केदारराज गाैलीले जानकारी दिए ।

    अर्नाले पछिल्लो समय नेपाली बजारमा ३३० मिलि ( पुन्टे ) र ६५० मिलिकाे ठूलाे गरी दुई वटा साइजमा बजारमा ल्याएकाे छ। जसकाे अधिकतम खुद्रा बिक्री मूल्य १७० र ३३० रुपैयाँ रहेकाे छ।

    क्रिकेट खेलमा सर्वाधिक प्रयाेग हुने छक्का चाैका शब्दकाे प्रयाेग गर्दा नेपाली क्रिकेटका समर्थकहरुले यस ब्रान्ड मन पराउनुका साथै व्यापारिक हिसाबले सफल हुने अनुमान गरिएकाे छ ।