दमौली । नेकपा एमाले तनहुँका अध्यक्षका उम्मेदवार विष्णुभक्त सिग्देलले नवनिर्वाचित अध्यक्ष हरिराज कंडेललाई बधाई दिएका छन् ।
मतपरिणाम सार्वजनिक भएपछि कंडेललाई बधाई दिँदै सिग्देलले राजनीतिमा थकाई भन्ने शब्दावली नहुने बताएका छन् ।
उनले भने, ‘राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन । राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैन । पद, सत्ता र शक्ति सँधै एउटै व्यक्तिमा सीमित हुँदैन । सवैखाले अवसराद , यथास्थितिवाद, र अराजकतावाद मुर्दावाद । नेकपा (एमाले ) जिन्दावाद ।’
सिग्देलले भनेका छन् –
१२ वर्षको अवोध बालक न्याय , क्रान्ति र परिवर्तनका लागि अनेरास्ववियुमा सँगठित भए । समाजमा भएका अन्याय, अत्याचार, शोषण र दमनका विचमा कडा ढँगवाट उभिदा वैरिहरुको प्रहारको निशाना वन्दै गए। सानै उमेरमा कुटाइ – पिटाइ खाँदै , जेल – नेल भोग्दै ,सार्वजनिक मुद्धा खेप्दै गए । जति जति समाजमा दमन, हुदै गयो उति उति ममा क्रान्तिकारी पन र शक्ति थपिदै गयो । यो नै मेरो जीवनको सफलता वन्यो। सयौ जनताको बलिदान ,हजारौं कार्यकर्ताको कुर्वानी , लाखौं जनताको साथ सहयोग र मेहनतले हाम्रो गौरवशालि पार्टी देशको महत्त्वपूर्ण शक्ति वन्न सफल भएको हो । यसमानै मलाई गौरव लागेको छ। हाम्रो पार्टीमा पनि दक्षिणपन्थी अवसरवाद र सँगठनात्मक अराजकता हावि नहोस भनेर सहि बिचार विधि र पद्धती बोकेर लडिरहेको छु । जवजको मार्गदशनमा समृद्ध नेपाल- सुखि नेपाली वनाउने महाअभियानमा दृढ सङ्कल्पित छु । बिरोधि हरुले प्रहार गरेको ढुङ्गाहरु सङ्कलन गरेर सुन्दर भवन निर्माण गर्ने मेरो धैर्यता अविचलित छ ।
तनहुँ जिल्लाको दशौ जिल्ला अधिवेशनमा आईपुग्दा निराश जनतालाई आशावादी वनाउन, निस्कृय कार्यकर्तालाई सक्रिय वनाउन, असँठित पङ्तिलाई सँगठित वनाउन, बिगतमा गुमेका बिरासतलाई पुन: स्थापित गरि विजय गराउन , थप उपलब्धिलाई परिणाम मुखि वनाई तनहुँमा एमालेलाई प्रमुख महत्त्वपूर्ण शक्ति वनाउन उत्कट चाहाना थियोे । यथास्थितिवादका विरुद्ध प्रविधि मैत्री , शशक्त नेतृत्व र सुदृढ सँगठन , गतिशील क्रान्तिकारी शक्ति निर्माणका लागि मेरो उमेदवारी थियो । जो जस्ले मेरो भावना र अभियान प्रति साथ लिएर मतदान गर्नुभयो प्रत्येक्ष तथा अप्रत्यक्ष भुमिका खेल्नु भयो सवै नेता , कार्यकर्ता, तथा प्रतिनिधि कमरेडहरु प्रति बिशेष आभार प्रकट गर्दछु । धन्यवाद व्यक्त गर्दछु । ” राजनीतिमा थकाइ भन्ने शब्दावली हुदैन” , राजनितीमा स्थायी शत्रु र स्थायी मित्र हुदैन” पद , शत्ता र शक्ति सँधै सधै एउटै व्यक्तिमा सिमित हुदैन । सवैखाले अवसराद , यथास्थितिवाद, र अराजकतावाद मुर्दावाद ! नेकपा (एमाले ) जिन्दावाद !!
कमरेड हरिराज कडेल लगाएत सम्पुर्ण पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना प्रकट गर्दछु । हार्दिक अभिवादन !!