सहकारीबाट लिएको ऋण चुक्ता गर्न व्यास नगरपालिकाको आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सहकारीबाट लिएको ऋण चुक्ता गर्न व्यास नगरपालिकाको आग्रह

    खबरपुञ्ज संवाददाता

    १ जेष्ठ २०८१, बुधबार

    दमाैली । व्यास नगरपालिकाले नगरभित्रका सहकारी संस्थाबाट लिएको ऋण चुक्ता गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । नगरपालिकाले आज सूचना जारी गरी ऋण रकम चुक्ता गर्न ऋणी सदस्यलाई आग्रह गरेको हो ।

    सहकारी संस्थाबाट सदस्यहरुको बचत रकम नै कर्जाको रुपमा प्रवाह हुने र ऋणी सदस्यहरुले समयमा नै आफूले भुक्तान गर्नुपर्ने सावाँ तथा व्याज विभिन्न बहानाबाजी एवं केही पक्षको सहकारी संस्थाको ऋण तिर्नुनपर्ने भन्ने जस्ता भ्रामक र गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिको आधारमा ऋण चुक्ता नगर्ने परिपाटीले असहज परिस्थिति सिर्जना भएको नगरपालिकाले जनाएको छ ।

    नगरपालिकाले जारी गरेको सूचनामा सहकारी संस्थाहरुबाट ऋण लिएका ऋणीहरुले तोकिएको समय भित्र ऋणको सावाँ तथा व्याज चुक्ता नगर्दा सदस्यहरुको बचत फिर्ता गर्न नसकेको समेत पाइएको उल्लेख गरिएको छ ।

    ऋणी सदस्यले समयमा नै ऋण भुक्तान नगरे सहकारी संस्थाको ऋण असुली सम्बन्धमा ब्यास नगरपालिका सहकारी ऐन २०७४, को दफा ६१ र ६२ बमोजिम ऋणी सदस्यहरुको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न सम्बन्धित निकायमा लेखी पठाउन सकिने व्यबस्था समेत रहेको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले बताए ।