दमौली । नेकपा एमाले तनहुँका नवनिर्वाचित अध्यक्ष हरिराज कंडेलले जिल्लामा बलियो संगठन बनाउन सबैलाई साथमा लिएर हिँड्ने बताएका छन् । अध्यक्षमा निर्वाचित भएपछि धन्यवाद ज्ञापन गर्दै कंडेलले सबैको साथ, सहयोग र सल्लाह लिएर अगाडी बढ्ने प्रतिबद्धता जनाए ।
एमालेलाई जिल्लामा बलियो संगठनको रूपमा स्थापित बनाउने कोशिश गर्दै पार्टीलाई राष्ट्रको मूल शक्तिको रुपमा स्थापित गर्दै सुखी नेपाली समृद्ध नेपालको परिकल्पना पूरा गर्नु प्रमुख कार्यभार रहेको उनले बताए ।
उनले भने, ‘ यसैमा केन्द्रित रहेर कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहान्छु।यहाँहरु सम्पूर्णको आशा र विश्वासलाई मर्न दिने छैन हामी सबै सँगै छौ विश्वास पनि दिलाउन चाहन्छु।’