रास्वपाको घोषणा- अब संसदीय समिति बन्दैन, कांग्रेस आफ्ना नेताको फाइल खोल्न तयार होस्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रास्वपाको घोषणा- अब संसदीय समिति बन्दैन, कांग्रेस आफ्ना नेताको फाइल खोल्न तयार होस्

    खबरपुञ्ज संवाददाता

    २ जेष्ठ २०८१, बिहीबार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अब संसदीय छानविन समिति नबन्ने घोषणा गरेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणको छानविनको माग गर्दै संसदीय समितिको माग राख्दै कांग्रेसर्मा धकेलाधकेलको स्थिती बनाएपछि समिति नबन्ने घोषणा गरेको हो ।

    रास्वपाका सांसद मनिष झाले भने, ‘हामीले सहमतिको लागि धेरै प्रयास गर्यौं तर, अब समिति बन्दैन । त्यो शर्तमा बन्छ हामी २३ महिना मात्रै भयो राजनीतिमा आएको, अहिलेसम्म सरकारमा सहभागी भएको सय दिन पनि कटेको छैन । ३४ वर्षसम्म राजनीति गरेको, छातीमा हात राखेर हामी सबै सांसदहरु भन्न सक्छौं मेरो सभापतिको सबै छानबिन गरोस्, म तयार छौं, उहाँको केही खोट निस्कियो भने हामी राजनीति छाड्न तयार छौं कांग्रेसले त्यो हिम्मत राख्न सक्छ ? मेरो सभापति, सभापतिका श्रीमती र छोराको पनि छानबिन गर भन्न सक्छ ? मेरो चुनौती भयो ।’