घरबासको अनुभव साट्न भुजुङका स्थानीय तनहुँमा (तस्बिर सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    घरबासको अनुभव साट्न भुजुङका स्थानीय तनहुँमा (तस्बिर सहित)

    खबरपुञ्ज संवाददाता

    २ जेष्ठ २०८१, बिहीबार

    दमाैली । लमजुङको क्व्होलासोथार गाउँपालिका–४ भुजुङका घरबास सञ्चालक पर्यटन प्रवर्द्धन र घरबासको अनुभव साटासाटका लागि तनहुँ आएका छन् । तनहुँको बन्दीपुर र भानु नगरपालिकामा सञ्चालित घरबाससँग अनुभव साटासाट र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित भुजुङका पर्यटन व्यवसायी यहाँ आएका हुन् ।

    लमजुङको सबैभन्दा ठूलो गुरुङ गाउँ, मौलिक कला र संस्कृतिले भरिएको भुजुङ गाउँ र तनहुँको संस्कृति, रीतिरिवाज र यहाँ सञ्चालित घरबासको अनुभव साटासाटका आएको समूहले पर्यटकीय नगरी बन्दीपुरको भ्रमण गरेको छ ।

    May be an image of 6 people and temple

    कार्यक्रमको सहजीकरण गरेका पर्यटनविज्ञ एवम् सम्पदा नेपालका अध्यक्ष हरिसिंह गुरुङका अनुसार भुजुङबाट आएको टोलीलाई बन्दीपुरका पर्यटकीयस्थलको भ्रमण गराइएको छ । उनले भने, “यसले तनहुँको पर्यटन प्रवर्द्धनका लागि सहयोग पुग्नेछ । साथै भुजुङको पर्यटन विकासका लागि पनि यो भ्रमण कोसेढुङ्गा हुने विश्वास गरिएको छ ।”

    May be an image of 7 people, dais and text

    भुजुङको कलासंस्कृति र वातावरणमैत्री विकास गतिविधि एवम् प्रक्रिया र ग्रामीण पर्यटन विकासका चुनौती, बन्दीपुर र टुटेपानीमा विकसित सकारात्मक पर्यटकीय गतिविधि एकआपसका लागि राम्रा सिकाइ हुने उनकाे भनाइ छ ।

    यसैबीच भुजुङ सामुदायिक होमस्टे पर्यटन समितिको आयोजनामा बिहीबार बन्दीपुरमा होमस्टे व्यवस्थापन तालिम सञ्चालन गरिएको छ ।

    May be an image of 4 people and temple

    गुरुङबाहुल्य भुजुङ लमजुङ सदरमुकाम बेँसीशहरदेखि ३२ किलोमिटर दूरीमा अवस्थित छ । —