तीन जिल्लामा प्रमुख जिल्ला अधिकारी फेरिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    तीन जिल्लामा प्रमुख जिल्ला अधिकारी फेरिए

    खबरपुञ्ज संवाददाता

    ३ जेष्ठ २०८१, शुक्रबार

    काठमाडाै । गृह मन्त्रालयले तीन जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेकाे छ । उपप्रधान तथा गृहमन्त्रीस्तरकाे शुक्रबारकाे निर्णय बमाेजिम बागलुङ, पर्वत र बाँकेमा प्रमुख जिल्ला अधिकारी परिवर्तन गरिएकाे हाे ।

    बागलुङमा सहसचिव नेत्रप्रसाद सुवेदी, पर्वतमा केदारनाथ शर्मा पदस्थापन भएका छन् भने बागलुङका खगेन्द्रप्रसाद रिजाललाई बाँके सरुवा गरिएकाे छ ।