काङ्ग्रेसका कुनैपनि व्यक्तिमाथि छानबिन गर्न रविलाई प्रदीपकाे चुनाैति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    काङ्ग्रेसका कुनैपनि व्यक्तिमाथि छानबिन गर्न रविलाई प्रदीपकाे चुनाैति

    खबरपुञ्ज संवाददाता

    ३ जेष्ठ २०८१, शुक्रबार

    दमाैली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य प्रदिप पौडेलले अहिलेको राज्य सत्ता कमजोर भएको बताएका छन् । शुक्रबार नेपाली कांग्रेसले तनहुँको बन्दीपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै पौडेलले प्रतिपक्षसँग माग राख्ने अहिलेको सत्ता कमजोर भएको टिप्पणी गरे ।

    रास्वपालाई लक्षित गर्दै पौडेलले भने, ‘कांग्रेसले विभिन्न विषयमा छानबिन गर्यो भने मात्रै हामी छानविन समिति बनाउँछौ भनेको छ । त्यो आफै सत्तामा छ तर उसले प्रतिपक्षसँग माग गरिराखेको छ, उनले भने । पौडेलले काङ्ग्रेसका कुनैपनि व्यक्तिमाथि छानविन गर्न सत्तापक्षलाई चुनौती दिए ।

    ‘कुनैपनि केसको अनुसन्धान गर्न तथा कांग्रेसको कुनैपनि व्यक्तिमाथि अनुसन्धान गर्न म चुनौती दिन चाहन्छु । सरकारले कानुनी आधार निर्माण गरेर कुनैपनि केसको  अनुसन्धान गर्न सक्छ, तर आफैमाथि अनुसन्धान हुन्छ भन्ने डरले अरुको दोष देखाउनुको अर्थ छैन । सत्ता त आफै काम गरेर देखाउने ठाउँ हो । तर अहिलेको सरकार चाहिँ प्रतिपक्षसँग माग राखेको छ,’ उनले भने ।