संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउने जिम्मा शीर्ष नेतालाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउने जिम्मा शीर्ष नेतालाई

    खबरपुञ्ज संवाददाता

    ११ जेष्ठ २०८१, शनिबार

    काठमाडौं । सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने विषयमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीचको छलफल सकारात्मक भएको कार्यदलका सदस्यहरुले बताएका छन् ।

    संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन गठित कार्यदलका संयोजक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीका अनुसार कार्यदलले कार्यादेशबारे लगभग टुंगो लगाएको छ ।

    यसलाई शनिबार नै बालुवाटारमा बस्ने शीर्ष नेताको बैठकले अन्तिम रुप दिने उनले जानकारी दिए ।