छक्का पन्जा ५ को छायाङ्कन तनहुँको भानुमा हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    छक्का पन्जा ५ को छायाङ्कन तनहुँको भानुमा हुने

    खबरपुञ्ज संवाददाता

    ११ जेष्ठ २०८१, शनिबार

    दमौली । दीपकराज गिरी र दीपाश्री निरौलाको छक्का पन्जा ५ को छायाङ्कन तनहुँको भानुमा हुने भएको छ । त्यसका लागि निरौला सहितको टोलीले भानु नगरपालिकामा आएर छलफल गरेको छ ।

    चलचित्र युनिटले नगरप्रमुख आनन्दराज त्रिपाठी, उपप्रमुख उमा गोतामे लगायतसँग यसबारेमा छलफल गरेका छन् । चलचित्रको केही भाग भानुको केही ठाउँमा छायाङ्कन गर्ने जनाइएको छ ।

    फिल्ममा दीपकराज गिरी, केदार घिमिरे लगायतका केही कलाकार पुरानै रहनेछन् । जेठ १७ गतेबाट छायाङ्कन सुरु गर्ने तयारी छ ।

    फिल्ममा एक जना मात्र नायिका रहनेछन् । फिल्मको लागि अहिलेसम्म नायिका भने फाइनल भएको छैन । ‘छक्का पञ्जा’को यस अगाडिको प्रत्येक सिक्वेलमा फरक फरक नायिकाले काम गरेका छन् ।

    यो सिक्वेलमा पनि नयाँ नायिका हुन सक्ने अनुमान गर्न सकिन्छ । को हुने भने अहिलेसम्म फाइनल भएको छैन । केही दिनमै नायिकासँगै अन्य कलाकारको लाइन अप पुरा गर्ने तयारीमा निर्माण टिम जुटेको छ ।

    ‘छक्का पञ्जा ५’ को रिलिज मिति यसै वर्षको दसैँमा हुने भनिएको छ । नेपाली फिल्मको व्यवसायमा रेकर्ड राख्न सफल ‘छक्का पन्जा’ को यो पाँचौँ सिरिज निर्माण घोषणा समयदेखि नै चर्चा  र दर्शकको प्रतीक्षित सूचीमा छ ।