अनेमसङ्घ तनहुँको अध्यक्षमा पाण्डे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अनेमसङ्घ तनहुँको अध्यक्षमा पाण्डे

    खबरपुञ्ज संवाददाता

    ११ जेष्ठ २०८१, शनिबार

    दमाैली । अखिल नेपाल महिला सङ्घ तनहुँको अध्यक्षमा सीता पाण्डे सर्वसम्मत चयन भएकी छन् । सङ्घको शनिबार सम्पन्न नवौ अधिवेशनले पाण्डेको अध्यक्षतामा ४२ सदस्यीय कमिटी चयन गरेको छ ।

    सङ्घको उपाध्यक्षमा फूलमती थापा र सरस्वती सिग्देल, सचिवमा सरस्वती घिमिरे, उपसचिवमा बुद्धिमाया श्रेष्ठ, कोषाध्यक्षमा पार्वती न्यौपाने चयन भएकी छन ।

    अधिवेशनको सङ्घकी केन्द्रीय अध्यक्ष टुका हमालले उद्घाटन गरेकी थिइन् ।