आगलागीबाट भएको क्षतिको सांसद न्यौपानेद्वारा निरीक्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आगलागीबाट भएको क्षतिको सांसद न्यौपानेद्वारा निरीक्षण

    खबरपुञ्ज संवाददाता

    ११ जेष्ठ २०८१, शनिबार

    दमाैली । नेकपा एमालेकी केन्द्रीय सदस्य तथा राष्ट्रिय सभामा नेकपा एमालेकी सचेतक भगवती न्यौपानेले दमौलीको मेनचोक फलफूल लाइनमा गत सोमबार विहान भएको आगलागीबाट भएको क्षतिको स्थलगत निरीक्षण गरेकी छन् । शनिबार निरीक्षणको क्रममा सांसद न्यौपानेले क्षति तथा विस्थापित परिवारको अवस्था लगायतका विषयमा जानकारी लिएकी थिइन् ।

    आगलागी पीडितलाई भेटी सांसद न्यौपानेले आफू पीडितको साथ रहेको भन्दै राहत तथा क्षतीपुर्तीकोलागि पहल गर्ने बताइन् । आगलागीको क्षतीको बारेमा प्रधानमन्त्री र गृहमन्त्रीसँग कुरा गरि तत्काल राहत, उद्धार तथा व्यवस्थापनमा पहल गर्ने बताइन् ।

    नयाँ सटरहरु सोही स्थानमा निर्माण गरेर सबै व्यवसायीलाई पुनः व्यवसाय गर्ने वातावरण बनाउनु पर्ने सांसद न्यौपानेको भनाई थियो । सांसद न्यौपानेले आगामी दिनमा यस्ता आगलागी हुन नदिने, लागेमा छिटो निभाउन सक्ने उपकरण तथा जनशक्तिको व्यवस्थापनमा ध्यान दिनु पर्ने बताइन् ।

    सो क्रममा पीडितहरुले आगलागीमा परि आफुहरुको ठुलो क्षती भएको हुँदा राहत र क्षतीपुर्तीसँगै पुनः उक्त स्थानमा नै व्यवसाय गर्ने वातावरण बनाउनु पर्ने बताएका थिए । सो क्रममा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको पनि सहभागिता रहेको थियो । सो आगलागीमा परि २४ वटा सटरहरु जलेर ध्वस्त हुँदा ६ करोड ९९ लाख ५१ हजार छ सय ७० रुपियाँ क्षति भएको विवरण संकलन भएको छ ।