पोलियो विरुद्धको आइपिभी खोपका लागि व्यासमा ५२ केन्द्र
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    पोलियो विरुद्धको आइपिभी खोपका लागि व्यासमा ५२ केन्द्र

    खबरपुञ्ज संवाददाता

    १२ जेष्ठ २०८१, आईतवार

    दमौली । पोलियो विरुद्धको आइपिभी खोपका लागि व्यास नगरपालिकामा ५२ खोपकेन्द्र कायम गरिएको छ । जेठ १४ देखि २० सम्म सञ्चालन हुने खोप अभियानका लागि १४ वटै वडाका ५२ विद्यालयमा खोप केन्द्र कायम गरिएको हो ।

    खोपको लक्षित समूहका बालबालिकालाई विद्यालयमै पुगेर खोप लगाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए।

    २०७३ वैशाखदेखि २०७५ असोज महिनासम्म जन्मिएका सबै बालबालिकालाई यो खोप लगाइँदैछ ।