आँबुखैरेनीमा कार दुर्घटनामा पाँच भारतीय नागरिक घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीमा कार दुर्घटनामा पाँच भारतीय नागरिक घाइते

    खबरपुञ्ज संवाददाता

    १२ जेष्ठ २०८१, आईतवार

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा आइतबार कार दुर्घटना हुँदा पाँच जना भारतीय नागरिक घाइते भएका छन् ।

    आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको बिआर ०६ डिएच ८२८१ नम्बरको कार अनियन्त्रित भइ सडकदेखि २० मिटर तल खस्दा कारमा सवार पाँच जना घाइते भएका छन् ।

    घाइते हुनेहरुमा भारतको बिहार मजसापुर थानाकाटी बस्ने २३ वर्षीय सचेन्द्र कुमार, सोही ठाउँका २३ वर्षीय आनन्द कुमार, २५ वर्षीय सुमित कुमार, २४ वर्षीय राज कुमार, ३० वर्षीय राजेश कुमार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    घाइतेमध्ये सचेन्द्रको आँबुखैरेनी अस्पताल, आनन्द, राजेश र सुमितको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ भने राज उपचारपश्चात् डिस्चार्ज भएका छन् ।